सिंहको किल्लामा धावा बोल्दै मिश्र र शर्मा

काठमाडौं, ४ मंसिर ।

निर्वाचन नजिकिदै गर्दा काठमाडौं क्षेत्र नम्बर १ सबैको चर्चा र चासो विषय बन्दै गएको छ । यस अघि दुइटै संविधानसभा निर्वाचन कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नो प्रतिद्धन्द्धीलाई भारी मतान्त्तरले पराजित गरे पनि यस पटक भने निकै प्रतिस्पर्धा देखिन्छ ।

बीवीसी नेपाली सेवा छोडेर विवेकशील साझा पार्टी खोलेका पत्रकार रविन्द्र मिश्र, सिंह, र बामगठबन्धनका उम्मेदवार अनिल शर्माबीच निकै रस्साकस्सी देखिन्छ ।

सिंह र शर्माले उम्मेदवारी घोषणा गर्नु अघि घरदैलो अभियान सुरु गरेका मिश्रले आफ्नो चुनावी अभियानलाई तिव्ररुपमा अघि बढाएका छन् । यसरी चुनावी सरगर्मी ह्वातै बढेपछि सिंह र शर्माले पनि घरदैलो अभियानलाई तिव्ररुपमा अघि बढाएका छन् ।

सिंह, शर्मा र मिश्रले कोणसभा, बैठक र घरदैलो अभियानमार्फत मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन् ।

संविधानसभा निर्वाचनमा निर्वाचित गरेर पठाएपछि केही गर्न नसकेको भन्ने विपक्षीको आरोपमात्र भएको भन्दै नेता सिंहले यस क्षेत्रको विकास निर्माणलगायतका प्रशस्त काम गरेको दाबी गरे ।

‘हाम्रो पार्टीको नेतृत्वमा संविधान जारी भयो, अब पनि हाम्रो पार्टीले यहाँका जनताका विकास निर्माणका कार्यमा सक्रिय रहन्छु’ उनले भने, ‘कांग्रेसको किल्ला यहांका जनताले भत्काउंँदैनन, मेरो जित सुनिश्चित छ, ढल, सडक निर्माणमा सक्रिय छु ।’ – कान्तिपुर दैनिकबाट

सोमबार, मंसिर ४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*