हुँदैन भार सम्झनाहरूको

कविता/ मोना शेर्पा

तिम्रो सम्झनाको सँगालो सँगै भिरेर
निरन्तर यात्रामा जुटेको छु
यादहरू त थुप्रै छन्
सायद तिम्रो सम्झना भएर होला
भार महसुस भएको छैन ।।

तिमीसँग बिताएका पलहरूको
सम्झना लिएर
पछि नहट्ने बाटोमा लम्केको छु
क्षणहरू अनगिन्ती त छैनन्
तर तिमीसँग बिताएका
पलहरू भएर होला
त्यसले बोकेका
भावहरू गहन छन् ।।

सँगै हिँडेका बाटाहरू
चिया पिउने पसलहरू
घण्टौं बित्ने गरी
गरेका बातहरू
अनि, एक अर्काले बुझ्ने गरी
जुधाएका नयनहरू ।।

संगालेको छु पलहरू
समेटेको छु सम्झनाहरू
म भित्र ।
म सँगै ।।

Mona Sherpa

                    – मोना शेर्पा   

 

बिहीबार, भदौ १, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*