एेश्वर्याले एकै फिल्मका लागि १० करोड मागेपछि…

मुम्बई, २३ पुस ।

केही वर्षको विश्रामपछि बलिउडमा फर्किएकी ऐश्वर्या राय कम तर राम्रो फिल्ममा केन्द्रित हुन खोजिरहेकी छिन् ।

अमिताभ–पुत्र अभिषेक बच्चनसित विवाह गरेपछि छोरी जन्माएर घरमै बसेकी ऐश्वर्या बलिउडमा फर्किएसँगै ‘फन्ने खाँ’ मा सक्रिय भइन् ।

उनको फिल्म आगामी इदमा रिलिज हुँदैछ, जसको टक्कर सलमानको ‘रेस ३’ सँग हुनेछ ।

यसपछि ऐश्वर्यालार्य लागातार फिल्मको प्रस्ताव आइरहेको छ ।

हालै उनलाई स्व.नर्गिस दत्त अभिनित फिल्म ‘रात और दिन’ को रिमेकमा कामका लागि प्रस्ताव आएको छ ।

स्क्रिप्टअनुसार फिल्ममा उनको दोहोरो भूमिका हुनेछ । तर, जब पारिश्रमिकको करा उठ्यो तब उनले १० करोड रुपैयाँ माग गरिन् ।

उनको रेट सुनेर सबै चकित परे ।

यति पारिश्रमिक अहिले बलिउडमा चलेको अभिनेत्रीको पनि छैन । तर, ऐश्वर्याको मागमा निर्माता प्रेरणा अरोरा सहमत भइन् ।

दोहोरो भूमिकामा ऐश्वर्याले निकै मिहिनेत गर्नुपर्ने र फिल्म बन्न लामो समय लाग्ने भएकाले १० करोड दिन आफू राजी भएको अरोराले बताएकी छन् । – नयाँ पत्रिकाबाट

आइतबार, पुस २३, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*