अनुदार देशकी उदार राजकुमारी

रियाद, १० कात्तिक ।

साउदी अरबकी राजकुमारी हुन्, अमीरा अल तावील । उनी अर्बपति राजकुमार अल वलीद बिन तलालकी पत्नी हुन्, जो ३२ बिलियन डलरका मालिक पनि हुन् ।

तलालले तीनजनासँग विवाह गरे । उनकै तेस्रो पत्नी हुन्, अमीरा ।

राजकुमारी अमीरासँग जोडिएका केही घतलाग्दा पक्ष छन् । जस्तो– उनी साउदी अरब जस्तो कठोर कानुन भएको मुलुकमा बुर्का छाडेर पश्चिमा फेसन गर्छिन् । उनी, खुलस्त सामाजिक अभियानमा सरिक हुन्छिन् । महिला हक–अधिकारका लागि लड्छिन् ।

amira al tabil 1

साउदी अरबमा महिलाहरू खुलमखुला हिँड्न पाउँदैनन् । उनीहरूले हरबखत आफूलाई बुर्काले ढाक्नुुपर्छ । यदि त्यसो नगरिए कडाभन्दा कडा सजाय भोग्न तयार हुनुपर्छ । अनुदार कानुन भएको यो देशमा कुनै महिलाले बुर्का उठाउने हिम्मत गर्दैनन् ।

तर अपवाद हुन्, राजकुमारी अमीरा अल तावील । उनी अनुहार ढाक्ने कालो बुर्काले आफूलाई छोप्दिनन् । बरु, युरोपियन फेसनको पारख गर्छिन् । अक्सर जिन्स र टी–सर्टमा ठाँटिएर हिँड्छिन् । पहिरनमा विद्रोह गर्ने उनी पहिलो महिला हुन्, त्यो मुलुकको ।

विश्वका थुप्रै देशमा घुमिसकेकी उनी आधुनिक छिन् । त्यति मात्र होइन, उनी सहयोगी र दयालु पनि छिन् । आफूलाई उनले समाजसेवाको बाटोमा लगाएकी छिन् । विश्वको कुनै पनि कुनामा आपत विपत परेमा उनी सहयोगका लागि हात बढाउँछिन् । चाहे अफ्रिकामा सुकुम्बासीको घर बनाइदिन होस् वा पाकिस्तानको बाढी प्रभावितलाई उद्वार गर्न, उनी अग्रसर भैरहेकी हुन्छिन् ।

amira al tabil 2

उनी स्वयम् आफ्ना मुलुकका महिलाहरूको हक अधिकारका लागि पनि लडिरहेकी छिन् । उनी अल–वलीद बिन तलाल फाउन्डेसनकी अध्यक्ष पनि हुन् ।

राजकुमारी अमीराको जन्म ६ नोभेम्बर १९८३ मा रियाद, साउदी अरबमा भएको थियो । उनका पिता ऐदान बिन नैयफ अल तावील हुन् । अमीरा सानै छँदा आमा–बुबाको सम्बन्ध–बिच्छेद भैसकेको थियो । अमीराले एमबिए गरेकी छिन् । उनी शिक्षित महिलामा गनिन्छिन् ।

जब अमीरा १८ वर्षकी थिइन्, त्यसबेला राजकुमार अल वलीद बिन तलालसँग उनको भेट भयो । परीक्षाको सिलसिलामा उनीहरूको १० मिनेट भेटघाट भएको थियो । त्यसको ९ महिनापछि उनीहरूले विवाह गरेका थिए । (एजेन्सीको सहयोगमा)

शुक्रबार, कात्तिक १०, २०७४ मा प्रकाशित

 

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*