अमेरिकी लस भेगासमा भिषण गोलीकाण्ड, कम्तीमा ५८ को मृत्यु, ५०० घाइते

लस एन्जेलस (अमेरिका) , १७ असोज ।

अमेरिकी राज्य नेभादाको लस भेगासमा आइतबार राति भएको एक कन्सर्ट (सांगितिक प्रस्तुति) मा भएको गोलीकाण्डमा कम्तीमा पनि ६० जनाको ज्यान गएको छ भने अरु ५०० जना घाइते भएका छन् ।

लस भेगासको मन्डालय बे होटलमा कन्सर्ट भइरहेको बेला गोली चलेको थियो । अन्धाधुन्ध भएको गोली हानाहानमा ५८ जनाको ज्यान गएको पुष्टी भएको छ ।

सोमबार बिहान लस भेगसको नगर प्रहरीले मारिने व्यक्तिको संख्या ५८ पुगेको जानकारीसहितको विज्ञप्ति प्रकाशन गरेको छ । सोही गोलीकाण्डमा परी ५०० जना गम्भीर रुपमा घाइते भएका छन् ।

होटलको ३२ औँ तल्लामा उक्त कन्सर्ट चलेको थियो । सो कन्सर्टमा एकजना आक्रमणकारीले गोली चलाएर आमहत्या गरेको प्रहरीले जनाएको छ ।

गोली हान्ने व्यक्तिको बारेमा प्रहरीले दिएको जानकारी अनुसार उक्त व्यक्ति ६४ वर्षको स्टीफन प्याडक हुन् । उनी स्थानीय नागरिक हुन् । ती आक्रमणकारीलाई पनि पछि प्रहरीले गोली हानी मारेको थियो ।

प्रहरीले उनी आतंककारीसँग सम्बन्धित रहेको कुनै समाचार भने बाहिर आएको छैन भनेको छ । तर उनको सम्बन्ध कोसँग थियो भन्ने बारेमा खोजी गरिरहेको पनि प्रहरीले बताएको छ ।

साथै प्रहरीले सो घटनामा संलग्नताको आशंकामा एकजना एसियाली महिलाको पनि खोजी गरिरहेको जनाएको छ ।

यो गोलीकाण्डलाई अमेरिकी इतिहासकै डरलाग्दो मानिएको छ । (एजेन्सी)

 मंगलबार, असोज १७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*