आयल निगमले ६ गुणासम्म बढी मूल्य तिरेर जग्गा किनेको खुलासा

काठमाडौं, १९ साउन ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण गर्न भन्दै ६ गुणासम्म मूल्य बढाएर जग्गा खरिद गरेको देखिएको छ।

सांसदहरुका अनुसार निगमले झापामा खरिद गरेको २३ बिघा ३ कट्ठा १३ धुरमध्ये करिब २१ बिघा जग्गा दुर्गममा पर्छ। उक्त क्षेत्रमा प्रतिकट्ठा जग्गाको मूल्य डेढदेखि २ लाख रुपैयाँ मात्र हो। तर निगमले ‘चलखेल’ गरेर प्रतिकट्ठा १३ लाख ५१ हजार रुपैयाँ तिरेको छ।

‘ग्रामिण क्षेत्रमा कालोपत्रेले छोएको जग्गाको मूल्य बढीमा ८ देखि १० लाख रुपैयाँ पर्छ। निगमले खरिद गरेको जग्गामध्ये करिब २ बिघा मात्रै कालोपत्रेले छोएको छ, अन्य क्षेत्रको जग्गा डेढदेखि दुई लाख रुपैयाँ मात्रै पर्छ,’ बुधबार सार्वजनिक लेखा समितिमा झापाका सांसद अमृतलाल राजवंशीले भने, ‘कट्ठाको २ लाख पर्ने जग्गामा १३ लाख ५१ हजार तिरिएको छ। जग्गा खरिदमा धेरै आर्थिक चलखेल भएको छ।’

झापाकै अर्की सांसद उषा गुरुङले पनि ‘दुई लाख पर्ने जग्गालाई साढे १३ लाख रुपैयाँ तिर्नुले अचम्मित बनाएको बताइन्। (कान्तिपुरबाट)

    बिहीबार, साउन १९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*