इल्या भट्टराईको ‘म साँच्चिकै हराइछु’ सार्वजनिक

काठमाडौं, १९ साउन ।

साहित्यकार इल्या भट्टराईद्वारा लिखित ‘म साँच्चिकै हराइछु’ नामक यात्रा–संस्मरण सार्वजनिक भएको छ । पुस्तक लेखिका भट्टराईले सन् १९९० मा बेलायतमा गरेको यात्रालाई संस्मरणका रूपमा उतारिएको छ ।

नेपाली साहित्य विकास परिषद, नेपाल च्याप्टरको वार्षिक साधारण सभामा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभू घिमिरेले उक्त यात्रा–संस्मरण पुस्तक बुधबार सार्वजनिक गरेका हुन् ।

‘म साँच्चिकै हराइछु’ अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसनले प्रकाशन गरेको हो । त्यस अवसरमा उपकुलपति डा घिमिरेले नेपाली साहित्यलाई विश्वका कुनाकुनामा पुर्याउन नेपाली साहित्यकारकै योगदान रहेको बताए ।

नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरकी अध्यक्ष तथा कृतिकी रचयिता भट्टराईले बेलायतम सिर्जित नेपाली साहित्यको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सन् १९९५ मा बेलायतमा नेपाली साहित्य विकास परिषद् युकेको स्थापना गरिएको जानकारी दिएकी थिइन् ।

साहित्यकार भट्टराईका ‘मन मनै त हो’ ‘निःशब्द प्रश्नहरू’ र ‘जीवनका रङ्गहरू’ (कथा संग्रह) तथा ‘लफबराको वरिपरि’ (यात्रा) कृति सार्वजनिक भइसकेका छन् ।

 बिहीबार, साउन १९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*