एनआरएन नेता थापा ६ करोड ठगी आरोपमा पक्राउ

सम्वाददाता । काठमाडौं, २९ असोज ।

गैरआवासीय नेपाली संघ (एनआरएन) को हिजो शनिबारदेखि काठमाडौंमा सरु भएको सम्मेलनमा सहभागी हुन काठमाडौं आएका एनआरएन जापानका महासचिव अनुज थापा पक्राउ परेका छन् । एकजना जापानी नागरिकलाई ६ करोड नेपाली रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले थापालाई पक्राउ गरेको हो ।

पक्राउ परेका थापालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । नेपालमा स्कुल खोल्ने भन्दै उनले एकजना जापानी प्राध्यापकबाट ६ करोड नेपाली रुपैयाँ लिएको उजुरी परेको र उक्त रकम अन्य प्रयोजनमा खर्च गरेको पाइएपछि ठगी गरेको देखिएको प्रहरीको भनाइ छ ।

आइतबार, २९ असोज, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*