एपिएफ बन्यो केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियन

खेल संवाददाता

काठमाडौं । आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमण्ड एकेडेमीलाई पाँच प्रतिस्पधात्मक सेटमा पराजित गर्दै विभागीय टोली एपिएफले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भएको फाइनलमा एपिएफ न्यू डायमण्डलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै उपाधि जित्न सफल भएको हो ।

खेल सुरु भए लगत्तै एपिएफले लगातार पहिला दुई सेट जित्दै अग्रता बनाएको थियो तर न्यू डायमण्डले तेस्रो र चौथो सेट आफ्नो पक्षमा पारेपछि खेल अत्यन्त रोचक बन्न प’गेको थियो ।

एपिएफले पहिलो सेट २५–२२ र दोस्रो पनि २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । तर त्यसपछि सानदार कमब्याक गर्दै न्यू डायमण्डले तेस्रो सेट २५–१८ र चौथो सेट पनि २५–१८ ले आफ्नो पक्षमा पारेपछि खेल २–२ को रोचक बराबरीमा पुगेको थियोे ।

अन्ततः निर्णायक एवम् पाँचौँ सेटमा एपिएफले १५–८ ले सहजै जित हासिल गर्यो र जितसँगै आफ्नो डिफेन्डिङ च्याम्पियनको उण्पाधि पनि रक्षा गर्न सफलता पायो ।

विजेता एपिएफले ट्रफीसँगै क्वायरटफ म्याट्रेसले प्रायोजन गरेको एक लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता न्यू डायमण्डले ट्रफी र नगद एक लाख रुपैयाँ पायो ।

यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा पश्चिमाञ्चलले अर्को विभागीय टोली नेपाल पुलिसलाई ३–२ सेटले परराजित गर्यो । पहिलो सेट २५–२२ ले पुलिसले आफ्नो पक्षमा पार्दै सुरुआती अग्रता लिए पनि दोस्रो सेट पश्चिमाञ्चलले २५–१८ ले जित्यो ।

फेरि तेस्रो सेटमा पुलिसले २५–२२ ले जित हासिल गरेपछि चौथो सेट पश्चिमाञ्चलले २६–२४ को प्रतिस्पर्धात्मक जित हात पार्दै खेललाई २–२ को बराबरी स्थितिमा पुर्यायो । निर्णायक एवम् पाँचौँ सेटमा पश्चिमाञ्चलले १५–१३ ले बाजी मारेको थियो । तेस्रो स्थानमा रहेको पश्चिमाञ्चलले नगद ५० हजार तथा ट्रफी हात पा¥यो ।

प्रतियोगिताको बेस्ट प्लेयर एपिएफकी सरस्वती चौधरीले जेम फ्लोरिङले प्रायोजन गरेको नगद १५ हजार र ट्रफीका साथै एयर एसियाबाट प्रायोजन भएको काठमाडौ–मलेसिया–काठमाडौँको एयर टिकट प्राप्त गरिन् ।

शेरबहादुर खड्का स्मृति स्पेसल अवार्डबाट न्यू डायमण्डकी प्रतिभा माली सम्मानित भइन् । उनलेले जेम फ्लोरिङले नै प्रायोजन गरेको नगद १० हजार रुपैयाँ माउन्टेन फ्लाइटको टिकट प्राप्त गरिन् । जेनेरेसन नेक्स प्रा.लीका अध्यक्ष पवन कुमार भिमसरियाले प्रतियोगिताको उत्कृष्ट तथा शेर बहादुर खड्का स्पेशल अवार्ड प्राप्त खेलाडीलाई एप्पल मोबाइल प्रदान गरे ।

volli

                    प्रतिभा माली

विधागत उत्कृष्टतर्फ स्पाइकरमा न्यू डायमण्डकी प्रतिभा माली, क्विकरमा एपिएफकी उषा विष्ट,सेटर न्यू डायमण्डकी कृपा अधिकारी, ब्लकर पश्चिमाञ्चलकी पूनम चन्द, डिफेन्समा न्यू डायमण्डकी सलिना श्रेष्ठ, सर्भरमा एपिएफकी नेविका चौधरी र उत्कृष्ट प्रशिक्षकमा एपिएफका ज्ञानेन्द्र विष्ट चुनिए । सबै विधागत उत्कृष्टले तीन हजार र ट्रफि प्राप्त गरे ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको तेस्रो संस्करणलाई बहुराष्ट्रिय नेरोल्याक पेन्ट्स कम्पनी (केएनपी) ले मुख्य प्रायोजन गरेको हो । सह–प्रायोजकको रूपमा शिवम् सिमेन्टको साथ प्राप्त भएको थियो ।

विजेताहरूलाई शुक्रबार नै राखेप सदस्य–सचिव केशव कुमार विष्ट, मुख्य प्रायोजक केएनपी जापानका कन्ट्री डाइरेक्टर मनोज मिश्र, सहप्रायोजक शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र कुमार गोयल, क्वायरटफ म्याट्रेसका अध्यक्ष सुरेन्द्र शारदा,नेपाल भलिबल संघका अध्यक्ष मनोरमन रञ्जन शर्मा,प्रतिष्ठानका संरक्षक गमली खड्का, अध्यक्ष रन्जन खड्कालगायतले पुरस्कृत गरे ।

कुल ६ टिमको सहभागिता रहेको प्रतियोगिता २३ गते देखि सुरु भएको थियो ।

    जेठ २९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*