एमबीबीएस प्रवेश परीक्षा मंसिर १६ गतेका लागि तोकियो

काठमाडौं, ५ मंसिर ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले एक महिना अघि लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द गर्दै पुनः मंसिर १६ गते परीक्षा गर्ने निर्णय गरेको छ ।

त्रिवि कार्यकारी परिषद्ले परीक्षामा धाँधली भएको स्पष्ट पार्दै पुनः परीक्षा लिन निर्देशन दिएको चार दिनपछि सोमबार उक्त परीक्षा गर्ने निर्णय गरेको हो । आइओएमका सहायक डीन डा. राजेन्द्र गुरागाईंले आफूहरूको अभिभावक त्रिवि भएकाले निर्देशन पालना गरेको स्पष्ट पारे ।

डा. गुरागाईंका अनुसार सम्बन्धित सबै फ्याकल्टीसँग छलफलपछि पुनः परीक्षा गर्ने निर्णयमा आइओएम पुगेको र परीक्षाको मिति बारे सोमबार थप छलफल गरेर टुंगो लगाउने जानकारी दिए ।

त्रिविले विभिन्न अध्ययन अनुसन्धानबाट पुरानो परीक्षा अमर्यादित भएको भन्दै पुनः नयाँ परीक्षाका लागि प्रक्रिया अघि बढाउन आईओएमलाई मंसिर १ गते निर्देशनात्मक पत्र पठाएको थियो ।

गत असोज २८ गते प्रश्नपत्र बाहिरिए पछि आइओएमको उक्त परीक्षा एक महिनादेखि रोकिएको छ। – अन्नपूर्ण पोस्टबाट

मंगलबार, मंसिर ५, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*