दुई नाति हेर्दै वियोगको पीडा भुलाउने प्रचण्ड प्रयास

काठमाडौं, ५ मंसिर ।

नेकपा माओवादी केन्द्रका अध्यउक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता दाहालका एकमात्र पुत्र प्रकाश दाहालको अप्रत्याशित निधनपछि सुनसान भएको लाजिम्पाट निवासमा सोमवारदेखि केही हाँसोका पलहरू भित्रिएको आभास हुन थालेको छ । यतिबेला दाहाल दम्पीका दुई नाति रमाउँदै सँगै खेलिरहेका छन् ।

पिताको वात्सल्यबाट सधैँलाई वञ्चित भइसकेको आभाससम्म नभएका दुई प्रकाश–पुत्रलाई सँगै खेलेको देखेर शोकाकुल अभिवावकहरुको अनुहारमा फिक्कै भए पनि खुसी आएको देख्न ििकन्थ्यो ।

प्रचण्डका दुई नातिमध्ये जेठा प्रसिद्ध हुन् जो सिर्जना त्रिपाठीतर्फका छोरा हुन् भने कान्छा नाति प्रलव हुन् जो बिना मगरतर्फका छोरा हुन् । सगरमाथा आरोहणका क्रममा नजिकिएर प्रकाशले बिनासँग विहे गरेपछि सिर्जना आफ्ना छोरासहित अलग बस्दै आएकी थिइन् । तर आइतवार प्रकाशको निधन भएकै दिनदेखि सिर्जना पनि लाजिम्पाटस्थित प्रचण्ड निवासमै बस्न थालेकी छन् ।

प्रकाशको निधनको खबर फैलिए लगत्तै छोरा प्रसिद्धलाई लिएर नर्भिक अस्पताल पुगेकी सिर्जना प्रकाशको अवस्था देखेर तत्कालै बेहोस भएकी थिइन् । उनी होसमा आएपछि प्रचण्डकै निर्देशनमा नर्भिकमा गाडी पठाएर उनलाई आर्यघाट र आर्यघाटपछि सीधै लाजिम्पाट लगिएको थियो ।

सिर्जना लाजिम्पाटमा बस्न थालिसकेको र अब उनी तथा नातिको सबै जिम्मेवारी प्रचण्डले नै लिएको स्रोतले जनाएको छ । प्रचण्ड, दिदी रेणु र बिना चुनावी राजनीतिमा खटिनुपर्ने भएकाले समेत अब सिर्जनाले नै प्रचण्ड परिवारको आन्तरिक जिम्मेवारी लिने भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार, दुवै नातिहरु प्रसिद्ध र प्रलवलाई प्रचण्डले असाध्यै माया गर्छन् र नातिहरूसँग खेलेर समय बिताउन मन पराउँछन् ।

मंगलबार, मंसिर ५, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*