एसियाली फुटबल महासंघका अध्यक्ष खलिफा नेपालमा

खेल संवाददाता । काठमाडौं, २४ असोज ।

एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खलिफा आज नेपाल आइपुगेका छन् । उनी दुई दिने भ्रमणका लागि नेपाल आएका हुन् ।

एएफसी अध्यक्ष खलिफासँगै एएफसीका अन्य पदाधिकारी पनि नेपाल आएका छन् ।

उनीहरूलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणि कुँवर, महासचिव धीरेन्द्र प्रधान, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलगायतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

एएफसी अध्यक्ष खलिफाले बुधबार ललितपुर सातदोबाटोस्थित एन्फाको कार्यालय एन्फा हाउसमा अध्यक्ष श्रेष्ठसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।

    मंगलबार, असोज २४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*