एसियाली शारीरिक सुगठनमा कमललाई कांस्य

खेल संवाददाता । काठमाडौं, ८ भदौ ।

नेपाली खेलाडी कमल भण्डारीले ५१ औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा कांस्य जितेका छन् ।

दक्षिण कोरियाको सिओलमा जारी प्रतियोगितामा कमलले बुधबार पुरुष ५५ केजी तौलसमूहमा कांस्य जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले जनाएका छन् ।

कमल सहभागी स्पर्धामा ९ राष्ट्रका खेलाडी सहभागी थिए । त्यसमा माल्दिभ्स पहिलो र मंगोलिया दोस्रो भए ।
      बिहीबार, भदौ ८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*