कपडा सिलाउँदै एमबिबिएस टप

काठमाडौं, ६ असार ।  परिवारको नाममाा एक टुक्रो जमिनसमेत थिएन । दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँका भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायित्व थियो ।

त्यही कामका लागि पनि दीर्घ रोगी बाबुलाई साँझबिहान र विदाको समय सिलाईमा सघाएर बचेको समय स्कुलका लागि हुन्थ्यो ।

जति नै दुःख गरे पनि लेटाङ मोरङ्का सुजितकुमार दर्नालको पढाईको भोक घटेन, बरु बढ्यो ।

त्यही भोकले विपन्न दलित परिवारमाा जन्मिएका उनी डाक्टर बने ।

आजको नागरिक दैनिकमा छापिएको खबरअनुसार, त्रिविअन्र्तगत एक हजारभन्दा बढी डाक्टर विद्यार्थीलाई उछिन्दै उनी ८०. ८२ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट भए ।

 असार ६, २०७४ मा प्रकाशित 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*