एसियन प्रिमियर लिगमा अन्डरवर्ल्ड ? म्याच फिक्सिङको आशंका !

काठमाडौं, ६ असार । विवादका बीच गत सोमबारदेखि नेपालमा शुरु भएको एसियन प्रिमियर लिग रहस्यमयी बन्न पुगेको छ ।

एक्कासी नेपालमा गर्न लागिएको यो क्रिकेट प्रतियोगिताप्रति प्रहरीले निगारनीसमेत शुरु गरेको श्रोत बताउँछ ।

लिगमा म्याच फिक्सिङको आशंकामा प्रहरीले निगरानी बढाएको हो, यो खबर आजको नयाँ पत्रिकामा छ ।

श्रोतका अनुसार यसको आयोजक बाहिर आउन चाहेका छैनन् ।

भारतको चण्डिगढस्थित अल्टिमेटम स्पोर्टस् म्यानेजमेन्टल प्रतियोगिता आयोजना गरेको हो ।

२० ओभर यस प्रतियोगितामाा ६ वटा क्लब आवद्ध छन् ।

यस लिगमा श्रीलंकाका पूर्वकप्तान तिलकरत्ने दिलसान बाहेक अन्य नाम चलेका खेलाडी नभए पनि यसलाई एसियाकै क्लबस्तरको खेल भनिएको छ ।

दुई साता अघि अन्नपूर्ण होटलमा खेलाडीको अक्सन गरिएको थियो, आजको  नयाँ पत्रिका दैनिक र दृष्टि साप्ताहिकमा खबर छ ।

    असार ६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*