काठमाडौं–१ मा समानुपातिकतर्फ एमालेभन्दा विवेकशील साझाको मत धेरै

काठमाडौं, २६ मंसिर ।

काठमाडौं निर्वाचन क्षेत्र नं १ मा समानुपातिक तर्फ नेपाली कांग्रेसले ९ हजार १२१ मत पाएको छ । तर १ नम्बर क्षेत्रमा नेकपा एमालेभन्दा विवेकशील साझा पार्टीले बढी मत पाएको छ । विवेकशील साझाले ६ हजार ९११ र एमालेले ६ हजार ५०८ मत पाएका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रले १ हजार ६८० मत प्राप्त गरेको छ । कुल २८ हजार २४६ मतमा ८५९ मत बदर भएको थियो ।

अहिले निर्वाचन क्षेत्र ५ बाहेक सबै क्षेत्रको समानुपातिकतर्फको मतगणना भइरहेको छ । बुधबार सम्म काठमाडौंका सवै निर्वाचन क्षेत्रको समानुपातिकतर्फको मतपरिणाम आउने बताइएको छ। रासस

मंगलबार, मंसिर २६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*