गायिका मधु क्षेत्रीको तीज गीत ‘पातै फरर…’ बजारमा

काठमाडौं, ९ साउन । गायिका मधु क्षेत्रीले तीज गीत ‘पातै फरर…’ बजारमा ल्याएकी छन् ।  आशिष म्युजिक प्रालिले बजारमा ल्याएको सो गीतमा मधुले नै मोडलिङ गरेकी छन् ।  मोडलिङमा आश्विन मगरले मधुलाई साथ दिएका छन् ।

भद्र वलीको शब्द/सङ्गीत रहेको गीतको भिडियोलाई बासु बरालले छायाङ्कन र राजेशकुमारले सम्पादन गरेका छन् ।  मधुले केही महिनाअघि ल्याएको ‘ब्युटी ब्युटी छ…’  गीतले राम्रै चर्चा पाएको थियो ।

पछिल्लो समय तीज गीतमा आएको विकृतिप्रति कटाक्ष गर्दै गायिका मधु नेपाली परम्परागत ढाँचाको तीज गीत बजारमा ल्याएको बताउँछिन् ।

सात वर्षदेखि गायनमा सक्रिय मधुले बलराम राजवंशी, प्रकाश गुरुङसँग सङ्गीत सम्बन्धी ज्ञान सिकेकी हुन् ।  सुदूरपश्चिम कैलालीको चौमालाकी मधु नेपाली लोक सङ्गीतमा भित्रिएको विकृतिप्रति सन्तुष्ट छैनन् । उनी  दोहोरीमा अहिले फोहोरी भइरहेको छ, यो राम्रो होइन भन्छिन् ।

        सोमबार, साउन ९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*