जुडोका फुपुलाई भारतमा काँस्य

काठमान्डु । दसौं एसियाली क्याडेट तथा सत्रौं एसियाली जुनियर जुडो च्याम्पियनसिपको जुनियरमा नेपालकी जुडोका फुपु ल्हामु खत्रीले काँस्य पदक जितेकी छन् । भारतको केरलास्थित कोचीमा २६ भदौमा भएको प्रतियोगिताको महिला ६३ केजीमुनि फुपुले इरानकी खेलाडीलाई सिनेवाजाका आधारमा पराजित गर्दै काँस्य जितेको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
१२ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता फुपुसँगै उज्वेकिस्तानकी खेलाडी संयुक्त रूपमा तेस्रो भएका थिए । कोरिया र काजाकिस्तानका खेलाडी क्रमशः पहिलो र दोस्रो स्थानमा रहे ।
प्रतियोगितामा नेपालको यो दोस्रो पदक हो । यसअघि क्याडेटतर्फ नेपालकी मनीता श्रेष्ठ प्रधानले महिला ५२ केजीमुनि नेपाललाई काँस्य दिलाएकी थिइन् । प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*