डच भलिबल संघले २०१९ सम्म राष्ट्रिय टोलीलाई प्रशिक्षण दिने

काठमाडौं, ९ साउन । नेपालको राष्ट्रिय पुरुष भलिबल टोलीलाई प्रशिक्षण दिन नेपाल आएका नेदरल्यान्डस्का प्रशिक्षक म्याट भान विजललाई भलिबल संघले स्वागत गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, उपाध्यक्ष रञ्जन खड्का र महासचिव जितेन्द्रबहादुर चन्दले स्वागत गरे । प्रशिक्षक विजल र नेदरल्यान्ड भलिबल संघका विकास व्यवस्थापक म्याट भान तरेल सोमबार विहान नेपाल आइपुगेका थिए ।

स्वागत कार्यक्रममा नेपाल भलिबल संघ र नेदरल्यान्ड भलिबल संघवीच पाँच बुँदे सम्झौता भएको छ । पाँच बुँदे सम्झौतापत्रमा नेपाल भलिबल संघका अध्यक्ष शर्मा र नेदरल्यान्ड भलिबल संघका विकास व्यवस्थापक म्याट भान टरेलले हस्ताक्षर गरे ।

सम्झौतामा नेदरल्यान्ड भलिबल संघको सहयोगमा सन् २०१९ सम्म राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन प्रशिक्षक उपलब्ध गराउने, बल र नेटलगायतका सामग्री उपलब्ध गराउने, भौतिक पूर्वाधार निर्माणका लागि सहयोग जुटाउने, दुवै राष्ट्रका खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजरका लागि पहल गर्ने र नेपाली प्रशिक्षकलाई तालिम दिने बुँदा समेटिएका छन् ।

कार्यक्रममा विकास व्यवस्थापक टरेलले पाँचौं पटक नेपाल भ्रमणमा आएको जनाउँदै नेपाली भलिबललाई उचाईमा पु¥याउन नेदरल्यान्ड भलिबल संघले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले नेदरल्यान्डबाट उपलब्ध गराउने सहयोगको पारदर्शीताका लागि दुवै संघका प्रतिनिधि रहने गरी समिति गठन गरिने बताए ।

नेदरल्यान्डका प्रशिक्षक विजलले नेपाली टोलीको खेल युट्युवमा भिडियो हेरेको बताउँदै नेपाली टोली प्राविधिक रुपमा उत्कृष्ट रहेको बताए । उनले भौतिक पूर्वाधार निर्माणमा सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

      सोमबार, साउन ९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*