तटबन्धले भारतलाई सुरक्षित बनायो,नेपाललाई बर्बाद

काठमाडौं, २९ साउन ।

करिब १७ वर्षअघिसम्म वर्षाका बेला राप्ती नदी र डुडुवाखोला भारत तथा नेपालका लागि उत्तिकै दुश्मन ठानिन्थे। पानीको बहाव दक्षिणतिर बढ्ने हुनाले भारतीय भुमि अझ बढी प्रताडित थियो।

सन् २००० मा भारतले सीमाक्षेत्रमा कलकलवा मार्जिनल तटबन्ध निर्माण गरेपछि अवस्था फेरियो।

तटबन्धले भारतलाई सुरक्षित बनायो भने नेपाललाई बर्बाद।

तटबन्ध बनेपछि नै हो सीमावर्ती क्षेत्र डुबान र बाढीको चपेटामा पर्न थालेको, होलियाका जगदिशबहादुर सिंह भन्छन्, भारतले अफ्नो हितका लागि सीमाक्षत्रेमा संरचना बनाउँदा त्यसको मार नेपाल र नेपालीमाथि परिरहेको छ।

भारतले सन् १९८० मा लक्ष्मणपुर बाँध निर्माण सुरु गर्यो। त्यसको उद्देश्य थियो राप्तीको पानीबाट आफ्नो भूमि सिँचाई गर्ने। –नागरिक

    आइतबार, साउन २९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*