विराटनगरमा ३० वर्षकै ठूलो बाढी : राजमार्गको पुल जोखिममा

विराटनगर, २९ साउन ।

लगातार वर्षाका कारण बाढीले वितण्डा मच्चाउँदा मोरङमा तीन जनाको मृत्यु भएको छ ।

पूर्वी क्षेत्रको मुख्य सहर विराटनगरमा पछिल्लो ३० वर्ष अवधिकै ठूलो बाढी आएर डुबान भएको छ ।

लोहन्द्रा खोलाले बगाएर केराबारी–९ कुसुमेका ५६ वर्षका मीन बहादुर थापा, बक्राहा खोलाले बगाएर मिक्लाजुङ २ का ३२ वर्षका गंगाराम खतिवडा र

त्यस्तै, पहिरोले घर पुरिँदा लेटाङ नगरपालिका १ मा शनिबार ४० वर्षकी गोपीमाया तामाङको मृत्यु भएको खबर छ ।

बाढीले पूर्व पश्चिम राजमार्गको पुल जोखिममा परेको छ । जमिन कटान गर्न थालेपछि जोखिम बढेको हो । –अन्नपूर्ण पोस्ट

        आइतबार, साउन २९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*