दसैंमा उपत्यकामा मात्र एक अर्बका खसीबोका खपत

काठमाडौं, २० असोज ।

यस वर्षको दसैंमा काठमाडौं उपत्यकामा मात्र करिब एक अर्ब रुपैयाँ बराबरका खसीबोका र च्याङ्ग्रा खपत भएका छन । दसैंमा अधिकांशले माछामासु उपभोग गर्ने भएकाले पनि एक अर्ब रुपैयाँ बराबरको झन्डै ७० हजार संख्यामा खसीबोका र च्याङ्ग्रा खपत भएका हुन् ।

माग बढेकाले गतवर्षको तुलनामा २० प्रतिशतले खसीबोकाको खपत बढेको व्यवसायीहरूले बताएका छन् । यो वर्षको दसैंमा उपत्यकामा सरकारी र निजी व्यवसायीले ल्याएका ७० हजार संख्यामा खसीाबोका खपत भएका छन् ।

व्यवसायीले स्थानीयसँगै भारतबाट खसीबोका ल्याएर घटस्थापनाको दिनदेखि उपत्यकामा खसीबोकाको बिक्री खुला गरेका थिए । खसीबोका व्यवसायी दीपक थापाले दसैंमा निजी व्यवसायीले ९१ करोड रुपैयाँ बराबरको ६५ हजार संख्यामा बिक्री गरेको बताए ।

गत वर्षको तुलनामा २० प्रतिशतले खसीबोका खपत बढेकाले पनि आयात धेरै भएको उनको भनाइ छ ।

गत वर्ष ५० हजारको संख्यामा खसीबोका खपत भएकोमा यो वर्ष निजी व्यवसायीले मात्र ६५ हजार संख्यामा खसीबोका बिक्री गरेको उनले जानकारी दिए । –कारोबार दैनिकबाट

      शुक्रबार, असोज २०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*