दाताले बनाइ दिएका शौचालय छाउगोठमा परिणत

कैलाली, १८ मंसिर ।

पूर्वीचौकी गाउँपालीका–७ साविकको पोखरी गाविस–९ गजेडामा अधिकांश परिवारले पक्की शौचालय भित्र माटो थपेर छाउगोठ बनाएका छन् । दाताले बनाइदिएका यस्ता शौचालय तथा बाथरुम सहितको अर्को कोठामा भने स्याउला र सोतरहरू राख्ने गरेका छन् ।

महिनावारी भएको बेला घरमा बसे देउता रिसाउने डरले पक्की बनाइएका शौचालयमा सुरक्षित बस्न सकिन्छ भन्दै छाउगोठ बनाएको स्थानीय नन्दादेवी साउदले बताइन् । हामी सबैका घरमा ‘भँराड’ (देउता) छन् ।

पुरानो छाउगोठ देखाउँदै नन्दाले भनिन्, “त्यो ठाउँमा सर्प आउँछ, जंगलका जनावरहरूको पनि डर हुन्छ । त्यो भन्दा त लाखौं गुणा यसमा सुरक्षित भइन्छ ।”

घरबाट करिब ५० मिटर पर रहेको छाउगोठमा वरिपरी सिस्नोको जंगल छ । त्यो नजिक एउटा ठूलो ढुंगा छ । त्यो ढुंगामा राक्षस बस्छ भन्ने स्थानीयमा भ्रम फैलिँदै आएको छ । हप्ताको मंगलबार र शुक्रबारमा त बेलुका उज्यालोमै राक्षस आउँछ भन्ने मानसिकता छ । त्यो दिनमा त महिनावारी भएको बेला घरको आँगनमै बस्नुपर्छ खुला आकाशमा । – कारोबार दैनिकबाट

सोमबार, मंसिर १८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*