नेपाल आए भारतका नयाँ राजदूत विनय मोहन क्वात्रा

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बिहीबारआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। उनी नेपालका लागि भारतका २५ औँ राजदूत हुन्।

सन् २०१९ डिसेम्बरमा काठमाडौंमा कार्यरत पूर्वराजदूत मञ्जीव पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका हुन्।

क्‍वात्रा जिम्मेवारी सम्हाल्न आइतबार काठमाडौं आइपुगेका हुन् । उनी यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए ।

आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी राजदूत मञ्‍जिव सिंह पुरी डिसेम्बरमा घर फर्केपछि भारतले नयाँ राजदूतको रुपमा क्‍वात्रालाई पठाएको हो ।

३० वर्षदेखि विदेश सेवामा काम गरिरहेका क्‍वात्राले यसअघि पनि नेपालमा काम गरिसकेका छन् । उनले यस अघि सन् २००६ देखि २०१० सम्म काठमाडौंस्थित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा काम गरेका थिए ।

नवनियुक्त राजदूत क्‍वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाण पत्र पेश गरे लगतै उपराष्ट्रपति नन्दबहादुर पुन र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् ।

राजदूत क्वात्राले बिहीबार नै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि भेट गरेका छन् ।

Indian ambasder kwatra -president BDB a

सिंहदरबारमा उपप्रधानमन्त्रीसँगको भेटमा भारतीय राजदूत क्वात्राले ‘ह्वाट गान्धी मिन्स टु मि’ पुस्तक दिएका थिए ।

भेटमा उपप्रधानमन्त्री पोखरेलले आफूले भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई नेपाल भ्रमणको निम्तो पठाएको स्मरण गर्दै उपयुक्त समयमा भ्रमण हुने विश्वास व्यक्त गरेका उनको सचिवालयले जानकारी दिएको छ ।

राजदूत क्वात्राले भारतीय रक्षामन्त्रीको नेपाल भ्रमणको व्यवस्था मिलाउन पहल गर्ने बताए ।

नेपालका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ‘द नेपाल आर्मी’ नामक पुस्तक र हिमालको पेन्टिङ दिएका थिए ।

३० वर्ष (सन् १९८८) देखि विदेश सेवामा काम गरिरहेका क्‍वात्राले यसअघि पनि नेपालमा काम गरिसकेका छन् । उनले यस अघि सन् २००६ देखि २०१० सम्म काठमाडौंस्थित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा काम गरेका थिए ।

बिहीबार, फागुन २२, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*