पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शाहिद खकान अब्बासी

इस्लामावबाद (पाकिस्तान), १८ साउन । पाकिस्तानको संसदले पूर्व प्रधानमन्त्री नवाज शरीफको सत्ताधारी दल पाकिस्तान मुश्लिम लिग– नवाज ९पिएमएल–एन० को तर्फबाट नेता शाहिद खकान अब्बासीलाई प्रधानमन्त्री निर्वाचित गरेको छ ।

पाकिस्तानको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारमा संलग्नताको आशङ्का गर्दै पद त्याग्न आदेश गरेपछि उनले गत शुक्रबार राजिनामा दिएका थिए । त्यसपछि रिक्त रहेको उक्त पदका लागि संसदमा मंगलबार साँभल निर्वाचन भएको थियो ।

अब्बासीलाई संसदको ३४२ सदस्य सङ्ख्यामा २२१ मत प्राप्त भएको थियो ।

प्रधानमन्त्रीका लागि विभिन्न छ जनाको उम्मेदवारी थियो । त्यसमध्ये प्रमुख प्रतिपक्षी दल पाकिस्तान पिपुल्स पार्टीका सैयद नभीद कमार उनका निकटतम प्रतिस्पर्धि रहे । कमारले जम्मा ४७ मत प्राप्त गरेका थिए । त्यसैगरी पाकिस्तान तेहरिक–ए–इन्साफका शेख रसिद अहमदले ३३ मत प्राप्त गरे भने जमात–ए– इस्लामीका साहेबजादा तरिक उल्लाहले जम्मा चार मत प्राप्त गरेका थिए ।

शरीफले आफ्नै भाइ शहबाज सरीफलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावलाई उनको पाकिस्तान मुस्लिम लिग– नवाज ९पिएमएल–एन०ले स्वीकार गरेपछि हाललाई अन्तरिम प्रधानमन्त्रीका रूपमा सत्ताधारी दलले सरीफका विश्वासपात्र पूर्व पेट्रोलियम मन्त्री शाहिद खकान अब्बासीलाई अघि सारेको हो ।

शहबाज नेसनल एसेम्लीको सदस्यमा निर्वाचित भएपछि अब्बासीले राजीनामा दिने र उनको ठाउँमा प्रधानमन्त्री बनाइ सरीफका भाइ शहबाजलाई ल्याउने सत्ताधारी दलको योजना छ । यसको अर्थ, पाकिस्तानको राजनीतिक समीकरण अनुसार, संसदको मतदानबाट बहुमत प्राप्त गर्न सफल १८ औं प्रधानमन्त्रीका रूपमा चयन भएका अब्बासी सम्भवतः ४५ दिनलाई मात्र प्रधानमन्त्रीको रूपमा रहने देखिएको छ ।

अब्बासी अन्तरिम प्रधानमन्त्री निर्वाचित बनेपछि उहानलाई प्रतिपक्षी दलका सदस्यले समेत बधाई दिएका छन् । उनले मङ्गलबार राती नै सपथ ग्रहण गरेका छन्। (एजेन्सी)

         बुधबार, साउन १८। २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*