खाना पकाउने ग्यासको मूल्य घट्यो

काठमाडौं, १८ साउन ।

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाइएको छ । नयाँ मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर रु १ हजार ३ सय २५ मा पाइने भएको छ ।

नयाँ मूल्य–सूची हिजो मंगलबार राती १२ बजेदेखि लागू भएको छ ।

अन्य पेट्रोलियम पदार्थको भने मूल्य घटाइएको छैन ।

निगमका प्रवक्ता सीताराम पोखरेलको भनाइ उद्धृत गर्दै राससले भनेको छ, “अन्य पेट्रोलियम पदार्थको भने भारतीय आयल निगमले पठाएको मूल्यसूची बढेर आएकाले घटाउन सकिएन ।”

अन्य पेट्रोलियम पदार्थको पनि मूल्य घटाउने अवस्था रहे पनि निगमले बेवास्था गरेको भन्दै आलोचना हुँदै आएको छ ।

       बुधबार, साउन १८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*