प्रजातन्त्रपछि, २७ वर्षमा २८ लाख गाडी

काठमाडौं, २२ साउन ।

बहुसंख्यक नेपालीका लागि बिलासी वस्तुको रूपमा रहेको गाडी आयात पछिल्ला वर्षमा ह्वात्तै बढेको छ। यो खबर सन्तोष न्यौपानेले आजको नागरिकमा लेखेका छन्।

सरकारी तथ्यांकअनुसार मुलुकमा प्रजातन्त्र आएपछिका २७ वर्षमा २८ लाख सवारी साधन आयात भएका छन् ।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०४६ र ४७ देखि २०७३ र ७४ सम्ममा २७ लाख ८३ हजार चार सय २८ गाडी आयात भएका छन् ।

मुलुकमा सडकको अवस्था राम्रो नभए पनि गाडीको संख्या भने तीव्र रूपमा बढेको देखिन्छ ।

आव ०४६ र ४७ सम्ममा नेपालमा ७६ हजार तीन सय ७८ वटा गाडी आयात भएको सरकारी अभिलेख छ ।

त्यसको अर्को वर्ष २०४७ र ४८ मा १३ हजार १ सय ४९ गाडी आयात भएको अभिलेख छ।

पछिल्लो आर्थिक वर्षमा भने चार लाख ४४ हजार दुई सय ५९ गाडी विदेशबाट आयात भएको देखिन्छ।

२७ वर्षमा आयता भएका झन्डै २८ लाख गाडीभध्ये सबैभन्दा धेरै गाडी वागमती अञ्चल यातायात कार्यालयमा दर्ता भएका छन्। (नागरिक)

      आइतबार, साउन २२, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*