प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा औसतमा ६८.६३ प्रतिशत मतदान

काठमाडौं, २४ मंसिर ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा औसतमा ६८.६३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत र दोस्रो चरणको निर्वाचनमा करिब ७० प्रतिशत मतदान भएको थियो ।

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा भएको निर्वाचनमा कुल ३१ लाख ९१ हजार ९४५ मतदातामध्ये २० लाख ७२ हजार ६५७ मतदाताले मतदान गरेका थिए ।

यसैगरी, दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा भएको निर्वाचनमा कुल एक करोड २२ लाख ३५ हजार ९९३ मतदातामध्ये ८५ लाख १४ हजार ८६४ मतदाताले मतदान गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आइतबार, मंसिर २४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*