प्रा डा केसीको अनशन स्थगित

काठमाडौं, ११ असोज ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले आफ्नो बाह्र्रौँ अनशन आज स्थगन भएको घोषणा गरेका छन् ।

सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ पनि शुरु भएकाले देशभरिका सहयोगी समर्थक र शुभचिन्तकको आशयलाई ध्यानमा राखी हाललाई अनशन स्थगन भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रा डा केसीले असोज ९ गतेदेखि पाँचसूत्रीय माग राखी अनशन सुरु गरेका थिए । उनीद्वारा जारी विज्ञप्तिमा पाँचसूत्रीय माग यही असोज १९ गतेसम्म पूरा नभएमा अनशन पुनः सुरु गरिने चेतावनी दिइएको छ ।

व्यवस्थापिका–संसद्को असोज ९ गतेको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ पेस भएको थियो । प्रा डा केसीका प्रमुख मागमा चिकित्सा शिक्षाका शुल्क निर्धारण, त्रिविविका पदाधिकारी बर्खास्तलगायत छन् ।

     बुधबार, असोज ११, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*