कविता/लक्ष्मी पाण्डे
हुन त म फूल न हुँ
फुल्नु, ओइलिनु र झर्नु
मेरो जिन्दगी ।
मेरो कोमलता
अनि सुलभता
बाल सुलभता समान ।
समिप आई कोही
लुट्पुटिन खोज्छ्न्
कोही खोज्छ्न चट्क्कै चुँडाउन ।
मेरो जिन्दगीका पाटाहररू
कति असुरक्षित र भयपूर्ण
तथापि हर्न सक्दैनन्
कोही मेरो मद र मुस्कान ।
जोगिन खोज्दा खोज्दै
कहिलेकाहीँ कोपिलामै
टुक्र्याइन्छ मेरो मन र मुटु ।
अथाह त्रास र संत्रासको
दोसाँधमा अड्किएको
मेरो जवानी र जीवन
यद्यपि मेरो जवानीबाट
हरपल लालायित
तिम्रो पत्थरिलो मन ।
शुक्रबार, साउन २०, २०७४ मा प्रकाशित
Leave a Reply