बिर्तामोड घटनाबारे सहमति भए पनि निषेधाज्ञा जारी रहँदा जनजीवन प्रभावित (सहमति-पत्रसहित)

सुरुङ्गा (झापा), १२ कात्तिक ।

झापाको विर्तामोडमा शुक्रबार दिउँसोबाट लगाइएको निषेधाज्ञा अझैं हटाइएको छैन । निषेधाज्ञा नहट्दा सर्वसाधारणलाई समस्या भएको छ ।

अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा झडप भएपछि शुक्रवार दिउँसो १ः३० बजेबाट पूर्वमा नयाँ बसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्ता बजारसम्मको क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । सो क्रममा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ का ३० वर्षीय नरेश थापाको शुक्रबार मृत्यु भएको थियो ।

शनिबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको सर्वदलीय वैठकले प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका थापाको परिवारलाई रु १० लाख राहत उपलब्ध गराउन तत्काल गृह मन्त्रालयलाई अनुरोध गर्नेलगायतका आठ बुँदे निर्णय गरे पनि विर्तामोडमा लगाइएको निषेधाज्ञा भने जारी छ ।

निषेधाज्ञाका कारण विर्तामोड क्षेत्र बिहानैबाट सुनसान छ । आज पनि लामो तथा छोटो दूरीका सवारीका साधन सञ्चालनमा आउन सकेका छैनन भने विर्तामोड क्षेत्रका विद्यालय, क्याम्पस, उद्योगधन्दा, कलकारखाना बन्द रहेका छन् ।

विर्तामोडमा भएको झडपमा परी प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका इलामको माई नगरपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि शनिबार वीर अस्पतालको ट्रमा सेन्टर पुर्याइएको छ । उनलाई हिजो विराटनगरबाट हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो । उनको पेट र हातमा गोली लागेको थियो ।

यता विर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा उपचाररत् अन्य पाँच जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको समाचार स्रोतले जनाएको छन् ।

यस्तो छ सहमति :

birtamod sahmati

(केन्द्रबिन्दुबाट)

आइतबार, कात्तिक १२, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*