एकालाप : के हो यथार्थ ? के हो सपना ?

कविता/विभोर खरेल

स्वाभिमान र अभिमान त सबै मायाको तापमा होम्दी सकेँ
म त पूरै नांगो भइसकेँ
के हो यथार्थ ? के हो सपना ?
खै म त ठम्याउनै नसक्ने भइसकेँ

लाचार छु, न नै बाटोमा लम्पसार पर्न सक्छु
न कसैले देख्ने गरी डाँको नै छोड्न सक्छु
आजकल जिन्दगी निकै नै लामो लाग्छ
न त आफ्नै जिउँदो चितालाई दागबत्ती दिन सक्छु

यहाँ त यस्तोसम्म पनि हुन्छ
बेला–बेला सास फेर्न पनि थकाइ लाग्छ !
आजकल त आफ्नै सहर बिरानो लाग्छ
आफ्नाहरू चिसा लाग्छन्

यहाँ भावनाको कदर नै छैन

न त बोलिएका शब्द र दिएका बाचाहरूको
सस्तो हाँसो सस्तो मान्छे र सबै व्यवहारले बनावटी
सकी नसकी यो मनलाई यहाँको रीत बुझाउन खोज्दा
आफू नै एउटा अञ्जान पात्र भए झैँ लाग्छ !

bibhor kharel

– विभोर खरेल

आइतबार, कात्तिक १२, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*