भित्ताका रंङको नकारात्मक असर : क्यान्सर समेत हुनसक्छ

काठमाडौं, ६ कात्तिक ।

के तपाईंले घर तथा कोठा चिटिक्क सजाउन भित्तामा प्रयोग गर्नुभएको रङ्गीचङ्गी रंङको नकारात्मक असरबारे सोच्नुभएको छ, त्यस्ता नकारात्मक असरबाट बचेर मात्र भित्ता सजाउनुहोस् अन्यथा आफ्ना बालबालिका क्यान्सरजस्ता गम्भीर रोगको सिकार हुन सक्छन् ।

विशेषगरी भित्ता तथा टेबुलमा प्रयोग हुने विभिन्न रङ्गीचङ्गी रंङमा लेड (सिसा) को मात्रा प्रयोग गरिएको हुन्छ ।

घर तथा विद्यालयको कक्षाकोठामा प्रयोग हुने ती सिसाका कण हावाका माध्यमबाट स–साना बालबालिकाको शरीरभित्र सजिलै प्रवेश पाउँछ र दीर्घकालमा क्यान्सरजस्ता गम्भीर रोगको सिकार हुन सक्छन् ।

आठ लाखको मृत्यु
लेडको सम्पर्कबाट वर्षेनी आठ लाख मानिसको मृत्यु हुने गरेको छ भने मध्यम आय भएका मुलुकमा हरेक वर्ष ९७७ अर्ब डलरको क्षति हुने गरेको छ ।

५६ अर्ब बराबरको क्षति
आइतबार आयोजित पत्रकार सम्मेलनमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले विश्वव्यापी रुपमा मानिसमा बौद्धिक अशक्तता ९.५ प्रतिशत तथा ४ प्रतिशत मुटुसम्बन्धी रोग हुने जानकारी दिए ।

उनले भने, “नेपालमा वर्षेनी पाँच वर्ष मुनिका बालबालिकामा हुने लेड असरबाट एक खर्ब ५६ अर्ब बराबरको क्षति हुन्छ । त्यसैले लेडरहित कलरमात्र भित्तामा प्रयोग गर्नुपर्छ ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र तथा लिडर्स नेपालले काठमाडौँ उपत्यकालगायत पश्चिम नेपालका केही बजारबाट संकलन गरिएका १८ पेन्टस उद्योगको ३७ वटा रंगको नमूनाको प्रयोगशाला परीक्षण गर्दा ५९.४६ प्रतिशत रंग सरकारले तोकेको ९० पिपिएम मापदण्डभित्र रहेको र बाँकी रंगमा अत्यधिक सिसा प्रयोगमा रहेको जनाएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकाका ३१२ बालबालिकासहित वीरगञ्जका विद्यालयका ५० छात्रछात्रामा गरिएको अध्ययनअनुसार ती बालबालिकाको रगतमा लेडको मात्र ९० पिपिएमभन्दा बढी पाइएको सो केन्द्रले जनाएको छ । ६० प्रतिशत बालबालिकाको रगतमा ९० पिपिएमभन्दा बढी लेड पाइएको थियो । रासस

सोमबार, कात्तिक ६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*