एनआइसी एसिया बैंकको ३० करोड रुपैयाँ ह्याक !

काठमाडौं, ६ कात्तिक ।

विदेशी ह्याकरहरूले नेपालका वाणिज्य बैंकहरूलाई निसाना बनाउन थालेको समाचार बाहिर आइरहेको बेला मुलुककै प्रतिष्ठित बैंक एनआइसी एसियाको ३० करोड रुपैयाँ ह्याक गरेको रहस्य बाहिर आएको छ ।

लक्ष्मी पूजाको दिन बेलुकी बैंक बन्द गर्दा मुलुकभरकै शाखाको अवस्था दुरुस्त भएको रिपोर्ट सबै शाखा कार्यालयले बैंकका कार्यकारी अधिकृत लक्ष्मण रिसाललाई दिएको भए पनि आइतबार बिहान बैंकको सिस्टम हेर्दा ३० करोड रुपैयाँ नदेखिएपछि बैंकमा खैलाबैला मच्चिएको थियो ।

बैंकले रकमको खोजी गर्ने कामलाई दिइरहेका बेला उक्त रकम अन्तराष्ट्रिय ह्याकरहरूले ह्याक गरेको पत्ता लागेको थियो ।

बैंकका सूचना प्रविधि विज्ञहरुले ह्याक भएको केही रकम फर्काउन सफल भए पनि अन्य रकम भने ह्याकरहरूले ह्याक गरेर विदेशमा रहेको बैंकमा ट्रान्सफर गरेको आशंका गरिएको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता रोजेन्द्र पण्डितका अनुसार एनआइसी एसिया बैंकको खाताबाट विदेशबाटै रकमान्तर गरेको देखिन्छ ।

उनले यो विषयमा अध्ययन गर्न टोली पठाइसकिएको र एनआइसी एसिया बैंकसँग कारोबार गर्ने विदेशी बैंकहरूलाई कारोबार नगर्न आग्रह गरेको जनानकारी दिए । – नेपाल समाचारपत्रबाट

सोमबार, कात्तिक ६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*