मन्त्रिमण्डल पुनर्गठन: बिष्ट बाहिरिए, भुसाल भित्रिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नर्गठन गरेर केही मन्त्रीलाई जिम्मेवारीबाट हटाएर नयाँ मन्त्री नियुक्त गरेका छन् भने केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ।

नयाँ मन्त्रीहरूको शपथ बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको शपथ गराउने छन्। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेरको सूची बुधबार राति नै राष्ट्रपति कार्यालय पठाएका छन्।

सूची अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा वसन्त नेम्वाङ, संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा हृदयश त्रिपाठी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा पार्वत गुरुङ, कृषि तथा पशुपन्क्षी घनश्याम भुषाल र उद्योग , वाणिज्य तथा आपू्र्ति मन्त्रीमा लेखराज भट्ट नियुक्त नियुक्त भएका छन्।

Gokarna BistaGhanshyam Bhusal 1

 

 यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल र उद्योगमन्त्री मातृका यादव मन्त्रीबाट हटाइएका छन्।

यस्तै स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यमन्त्रीबाट हटाएर कानून मन्त्री बनाइएको छ भने कानूनमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिइएको छ।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायलाई मन्त्री नियुक्त गरेका छन् भने गोकर्ण विष्टलाई हटाएका छन्।

त्यसैगरी मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ।
राष्ट्रपति कार्यालयले अबेर राति मन्त्रिपरिषद् पुनर्गठन र मन्त्रीहरूको जिम्मेवारी हेरफेरको सूचना सार्वजनिक गरेको छ।

 

बुधबार,४ मंसिर २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*