महारानीभन्दा धनी यी बेलायती महिलाको जीवनशैली यस्तो…

राख्छिन् विमान र हेलिकोप्टर तर चलाउँछिन् साइकल

लन्डन, ३० साउन ।

७३ वर्षीया डेम मेरीलाई पहिलो पटक हेर्दा लाग्दैन, उनी बेलायतकी सबैभन्दा धनी र पहिलो बिलियनर (अर्बपति) महिला हुन् ।

साइकल चढ्ने र सेलमा राखिएका सामान खरिद गर्ने उनी साधारण महिला जस्ती देखिन्छिन् तर आफूले चाहेको खण्डमा उनले सुन र हिराजडित लुगा लगाउन सक्छिन् । साथै उनीसँग आफ्नो प्राइभेट जेट छ, यसका साथै उनी हेलिकोप्टर, सिङ्गो टापू र ३ सय फिट याच ग्यालोरकी पनि मालिक्नी हुन् ।

डेमसँग १।६ बिलियन पाउन्ड अर्थात् २ खर्ब १३ अर्ब ७४ करोड ७ लाख रुपैयाँभन्दा बढी सम्पत्ति छ । सुन्दा अचम्म लाग्ला, डेमको सम्पत्तिसँग बेलायती महारानी पनि प्रतिस्पर्धा गर्न सक्दिनन् । उनको सम्पत्ति बेलायती महरानीभन्दा तीन गुणा बढी छ ।

हँसिली र जीवनलाई पूर्ण रूपमा बाँच्नुपर्छ भन्ने मान्यता राख्ने डेमलाई सेलमा किनिएका लुगा लगाउन ठूलो शौख छ । उनी हप्तामा सातै दिन काम गर्छिन् र उनलाई साइकल चलाउन र किताब पढ्न निकै मनपर्छ ।

यतिमात्र होइन, बेलायतकी सबैभन्दा धनी उद्यमीलाई गीत गाउन पनि निक्कै मनपर्छ त्यसकारण उनी आफ्नो लोकल कोरल सोसाइटीको कन्सर्टमा पनि भाग लिन्छिन् ।

डेम मेरी पार्किन्स स्पेकसेवर अप्टिकल्सकी संस्थापक हुन् । उनको पूरा परिवार अर्थात् उनका श्रीमान् र बच्चा पनि यसै व्यवसायमा संलग्न छन् । सन् १९८४ मा बेलायतको समुद्रमा एक द्वीप ग्वेर्नर्सबाट उनले आफ्नो व्यापारको सुरुआत गरेकी थिइन् ।

आज स्पेन, अष्ट्रेलिया र न्यूजिल्याण्डसमेत संसारभरी स्पेकसेवर अप्टिकल्सका १८ सयभन्दा बढी शाखा छन् । उक्त कम्पनीलाई डेम मेरी आफैंले खडा गरेकाले उनलाई मानिसहरूले ‘सेल्फ मेड वुमन’ पनि भन्छन् ।

यति ठूलो सम्पत्तिको मालिक हुँदा पनि डेम रोजाना साइकल चलाएर आफ्नो घर जान्छिन् र स्टाफ क्यान्टिनमा खाना खान्छिन् । उनी कुशल गृहिणीजस्तै आफ्नो घरको सरसफाइको ख्याल राख्छिन् । घरमा सरसफाइ गर्ने महिला पुग्नुभन्दा पहिले उनी आफ्नो घरको व्यवस्थामा ध्यान दिन्छिन् ।

मेरीको घरमा कुनै हाउसकिपर छैन न नै कुनै ड्राइभर, न्युट्रिसियन र स्टाइलिष्ट वा शेफ । उनको घरमा एउटा काम गर्ने महिला मात्रै आउँछिन् जो पछिल्ला ३० वर्षदेखि उनीसँग काम गरिरहेकी छिन् ।  (एजेन्सी)

  सोमबार, साउन ३०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*