महिला जनप्रतिनिधि सम्मानित

काठमाडौँ, १२ साउन । मानव अधिकारका लागि महिला तथा एकल महिला समूहद्वारा यहाँ आज आयोजित कार्यक्रममा काठमाडौँ, भक्तपुर र ललितपुरका महानगर, नगर र गाउँपालिकामा निर्वाचित महिला जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

सो अवसरमा सहभागी ३७ जना जननिर्वाचित महिला प्रतिनिधि सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष निर्मला ढुंगानाले महिला अधिकारका पक्षमा काम गरेमा नागरिक क्षेत्रबाट पनि साथ रहने विश्वास दिलाउनुभयो ।

यसअघि सो संस्थाले विभिन्न प्रदेशका स्थानीय तहमा विजयी एकल महिला जनप्रतिनिधिलाई सम्मानित गरेको राससले जनाएको छ ।

          बिहीबार, साउन १२, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*