मीरा राणा अब थापालाई त्यागेर लोहनीतिर

पार्टी प्रवेश कार्यक्रममा टीका र माला लगाएपछि मीरा राणा र डा. लोहनी

काठमाडौं । गायन क्षेत्रमा आफूलाई बलियो गरी स्थापित गरिसकेकी पुरानो पुस्ताकी गायिका मीरा राणाले आफ्नो राजनीतिक दल परिवर्तन गरेकी छन् । उनी एउटा राप्रपा छाडेर अर्को राप्रपामा गएकी हुन् ।

मीरा अब डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) मा प्रवेश गरेकी हुन् । यसअघिसम्म उनी कमल थापा नेतृत्वको राप्रपा नेपालमा थिइन् ।

उनी जेठ २८ गते राप्रपा (राष्ट्रवादी) मा प्रवेश गरेकी हुन् । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष डा.लोहनीले उनलाई टीका र माला लगाइदिएका थिए ।

      जेठ २९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*