मुख गन्हाउनु भनेको अरु १० रोगको संकेत

व्यस्त जीवनशैली, गलत खानपीन र दाँतको सही ढंगले सफाइ नगर्दा मुख वा श्वास गन्हाउने समस्या धेरैमा हुन्छ । यो समस्यालाई धेरैले सामान्य समस्या सम्झेर वास्ता पनि गर्दैनन् ।

यदि मुख वा श्वास गन्हाउने समस्या लामो समयसम्म रहिरहेको छ भने शरीरमा अन्य रोगको समस्या भएको हुनसक्ने पनि संझिनु पर्छ । मुख वा श्वास गन्हाउने समस्या लामो समयसम्म रहेमा तल उल्लेखित रोगहरू लाग्ने प्रबल सम्भावना हुन्छ ।

क्यान्सर :
लामो समयसम्म धूमपान गर्ने वा सूर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । मुखमा धूमपान वा सूर्ती सेवनवाट क्यान्सर भएको खण्डमा श्वास गन्हाउने समस्या पनि देखिन्छ ।

इनडाइजेसन :
शरीरको पाचन क्रियाले राम्ररी काम नगर्दा इनडाइजेसन ९अपच० हुने गर्छ । यस्तो अवस्थामा खाएका खाने कुराहरू नपचेर ग्यासको रूपमा बाहिर आउँदा श्वास र मुखमा दुर्गन्ध आउने गर्छ ।

लंग्स इन्फेक्सन :
फोक्सोमा कुनै किसिमको खराबी भएमा पनि त्यस्ता व्यक्तिहरूको श्वास गन्हाउने गर्छ ।

लिवर इन्फेक्सन :
कलेजोमा आएको खराबीका कारण खाएको खानेकुरा राम्ररी पच्न पाउँदैन । अपच भएको खानेकुरा ग्यासको रूपमा बाहिर आउने हुँदा श्वास गन्हाउने समस्या देखिन्छ ।

डायबिटीज :
डायबिटीज वा मधुमेहका कारण शरीरको मेटाबोलिजममा बेला बेलामा परिवर्तन आइरहन्छ । जसको कारण श्वास गन्हाउने समस्या देखिन्छ ।

किड्नीमा समस्या :
किड्नी वा मृगौलामा कुनै किसिमको समस्या देखियो भने त्यसले शरीरको मेटाबोलिजममा परिवर्तन ल्याउने काम गर्छ । यस्तो अवस्थामा मुख सुख्खा बढी हुन्छ र श्वास गन्हाउन थाल्छ ।

गमको समस्या :
दाँत र हड्डीमा देखिने पेरिओडेन्टल रोगलाई गमको समस्या भनिन्छ । यो समस्या भएमा पनि श्वास गन्हाउने गर्छ ।

इन्फेक्सन :
उचित तरिकाले दाँतमा ब्रस नगर्दा मुखमा किटाणुको संख्या अत्यधिक बढ्ने गर्छ । जसको कारण मुखको इन्फेक्सन भएर श्वास गन्हाउने गर्छ ।

गिँजाको समस्यास्
गिँजामा पेरियोडेन्टल समस्या हुँदा श्वास गन्हाउने गर्छ । पेरियोडेन्टलको समस्या मुखमा रहेको ब्याक्टेरियाले निकाल्ने चिल्लो पदार्थको कारण हुने गर्छ ।

सुख्खा मुख :
हाम्रो मुखबाट निस्किरहने र्‍यालले हाम्रो मुखको सफाइ पनि गरिरहेको हुन्छ । यदि मुखबाट निस्किने यस्तो र्‍याल ९स्लाइभा०को मात्रामा कमी भएमा मुखमा समस्या आउन थाल्छ र श्वास गन्हाउने समस्या देखिन्छ । (एजेन्सी)

 बुधबार, साउन १८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*