बोक्सीको आरोपमा कुटपिट

दाङ, १९ साउन ।

बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ ।

लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको आरोपमा कुटपिट गरेका हुन् । कुटपिटपछि विक न्यायका लागि वडा प्रहरी कार्यालय लमहीमा पुगेकी थिइन् ।

पीडित विकले आफ्ना जेठाजु कृष्ण र जेठानी केशरीले छोरालाई बोक्सी लागेको भन्दै कुटपिट गरेको बताइन् ।

पीडित विकले घटना भएकै दिन बुधबार प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूरज खड्काले घटनामा संलग्न देखिएका व्यक्ति दोषी ठहरिएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताएको राससले जनाएको छ ।

श्रीमतीका अनुहारमा तातो तेल खन्याउने पक्राउ

यसैगरी अर्को एक समाचनरअनुसार, श्रीमतीको अनुहारमा तातो तेल खन्याएर फरार रहेका युवालाई दोलखा प्रहरीले दुई महिनापछि पक्राउ गरेको छ ।

गत जेठ २२ गते जिल्लाको वैत्येश्वर गाउँपालिका ३६ बर्षीय कुमार तामाङले आफ्नी ३५ बर्षीया श्रीमतीको अनुहारमा तातो तेल खन्याएर घाइते बनाएका थिए ।

      बिहीबार, साउन १९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*