खेल संवाददाता
काठमाडौं । पछिल्लो शनिबार दशरथ रंगशालामा उद्घाटन भएर घरेलु मैदानमा जारी १३ औँ सागअन्तर्गत केही खेलमा नेपालले अभूतपूर्व सफलता हात पारेको छ। तीमध्ये क्रमशः महिला भलिबल, ट्रायथलन, महिला एथलेटिक्स र खो खो खेलहरू हुन्।
यी खेलकै हाराहारी अर्को खेल साइक्लिङ थपिएको छ । साइक्लिङको पहिलो दिन नेपालले बुधबार मंसिर १८ गते दुई वटा स्वर्ण पदक जित्यो। यसअघि साग साइक्लिङमा कास्य पदक समेत नजितेको नेपालको पछिल्लो सफलता लोभलाग्दो छ।
नेपालले हात पारेका दुवै स्वर्ण साइक्लिङको माउन्टेन बाइकको डाउन हिलमा हुन्। माउन्टेन बाइकमा दुई वटा विधा हुन्छन्( डाउन हिल र क्रस कन्ट्री। नेपालले डाउन हिलको महिला र पुरुष स्पर्धामा स्वर्ण हात पारेको हो। पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।
क्रस कन्ट्रिका दुई वटा स्वर्ण विजेताको टुंगो बिहीबार लाग्दै छ।
साग साइक्लिङमा माउन्टेन बाइक पहिलोपटक समावेश गरिएको हो। यसअघि रोड साइक्लिङ मात्र समाबेश गरिएको थियो। रोड साइक्लिङमा भारतलाई बलियो मानिन्छ। यसपटक पनि रोड साइक्लिङमा पनि चार स्वर्णका लागि प्रतिस्पर्धा हुँदै छ।
यसअघि नेपाल एसियन गेम्सको क्रस कन्ट्रिमा १५ औँ स्थानसम्म आएको थियो। एसियन माउन्टेन बाइक च्याम्पियनसिपमा भने नेपाल २ पटक सातौँ स्थानसम्म पुगेको थियो ।
दक्षिण एसियाली खेलकुदको एकै संस्करणमा सर्वाधिक स्वर्ण जितेको आफ्नो इतिहास तोड्ने अवसर घरेलु मेदानमा जारी १३ औँ संस्करणमा नेपाललाई देखिएको छ। प्रतियोगिताको चौथो दिनका स्पर्धा सकिँदा नेपालले २९ स्वर्ण, १३ रजत र २१ कास्य पदक जितेको छ। नेपालले एकै सागमा यसअघि ३१ स्वर्णसम्म जितेको थियो।
घरेलु मैदानमा २० वर्षअघि आयोजित ८ औँ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो। त्यतिबेला कराँते र तेक्वान्दोमा १४र१४, बक्सिङमा २ र पौडीमा एउटा स्वर्ण पदक जितेको थियो। यसपटक, नेपालले कराँतेमा १० स्वर्ण, ४ रजत र पाँच रजत जितेको छ। कराँतेका सबै खेल सकिएका छन्।
यसैगरि तेक्वान्दोमा ११ स्वर्ण जितेको छ। तेक्वान्दोका कुल २९ स्वर्णमध्ये २३ स्वर्ण विजेताको टुंगो लागिसकेको छ। बिहीबार ६ वटा स्पर्धामा स्वर्णको टुंगो लाग्ने छ। नेपालले तेक्वान्दोमा पनि सन् १९९९ पछि सागमा सबैभन्दा बढी स्वर्ण पदक जितेको हो।
नेपालले ट्रायथलनमा २, उसुमा ३ र साइक्लिङमा २ र एथलेटिक्समा एउटा स्वर्ण जितेको छ।
नेपालले तेक्वान्दो र उसुमा स्वर्णको संख्या बढाउन सक्ने अपेक्षा गरिएको छ। स्वर्ण जित्ने अनुमान गरिएका बक्सिङ र जुडोका खेलहरु सुरु भएका छैनन्। पुरुष फुटबलमा पनि स्वर्ण पदक जित्न सक्ने अनुमान गरिएको छ। यस हिसाबले सागको आफ्नो इतिहासमा एकै संस्करणमा यसअघि जितेको सर्वाधिक स्वर्णको इतिहाँस नेपालले सजिलै तोड्ने स्थिती देखिएको छ।
नेपालले पहिलो साग ९तत्कालिन साफ गेम्स० ४, दोस्रो सागमा १, तेस्रो सागमा २ चौथो सागमा एक, पाँचौँ सागमा २ र छैटौँ सागमा एक स्वर्ण जितेको थियो। यसैगरि सातौँ सागमा चार, नवौँ सागमा ७, दशौँ सागमा ७, ११ सागमा ८ र १२ औँ सागमा ३ स्वर्ण पदक जितेको थियो।
स्वर्ण जित्ने पहिलो नेपाली महिला एथलेटिक्स खेलाडी : सन्तोषी
लामो दूरीकी धाविका सन्तोषी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जित्दै सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला एथलेटिक्स खेलाडी बनिन् । मंगलबार भएको दौडमा सन्तोषीले ३५ मिनेट ७।९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण हासिल गरेकी हुन् ।
साग इतिहासमा नेपाली एथलेटिक्स महिला खेलाडीले जितेको यो पहिलो स्वर्ण पदक हो । यसअघि सन् २००६ मा श्रीलंकामा भएको १० औंमा कान्छीमाया कोजुले १० हजार मिटर दौडमा रजत पदक जितेकी थिइन् ।
सन्तोषीले भारतकी कविता यादवलाई पछि पार्दै पहिलो स्थान हात पारिन् । पहिलो ल्यापदेखि नै सन्तोषीले अग्रता बनाएकी थिइन् । सुरुवातदेखि नै सन्तोषीलाई पछ्याएकी कविताले अन्तिम १ सय मिटरमा अग्रता लिए पनि सन्तोषी अन्तिम सेकेन्डमा पदक जित्न सफल भइन् । कविता सन्तोषीभन्दा १ मिलिसेकेन्डले पछि पारेकी थिइन् ।
१३ औं दक्षिण एसियायली खेलकुदमा नेपालले चौथो दिन बुधबारसम्म प्राप्त गरेको पदक, खेल र खेलाडी :
स्वर्ण पदक
१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) अनु अधिकारी
८.कराते (६७ केजी) नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०. कराते (६८ केजी)– अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
२०.ट्रायथलन – सोनी गुरुङ
२१.डुवाथोलन – हिमाल टमाटा
२२. उसु (थाउलो) – विजय सिन्जाली
२३. उसु (थाउलो) – सुस्मिता तामाङ
२४. उसु (थाउलो)– दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की
रजत पदक
१.कराते (एकल काता) – चन्चला दनुवार
२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ
३.कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ
४.कराते (६१ केजी )– अनु गुरुङ
५. कराते (७५ केजी)– गंगाराम थारु
६.डुवाथोलन – लक्ष्मण मल्ल
७. डुवाथोलन – हुमी बुढा मगर
८. महिला भलिबल टोली
९. टेबल टेनिस (टिम इभेन्ट, पुरुष)
१०. खो खो (महिला टोली)
११. ट्रायथोलन (मिक्स टिम)
कास्य पदक
१.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल
२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु
३.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ
४.पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ
५.पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु
६.ट्रायथलन – बसन्त थारु
७.कराते – राजीव पुडासैनी
८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की
९. एथलेटिक्स (१० हजार मिटर)– दीपक अधिकारी
१०.उसु (थाउलो) – हरि प्रसाद गोले
११. ब्याडमिन्टन (टिम इभेन्ट, महिला)
१२. ब्याडमिन्टन (टिम इभेन्ट, पुरुष)
१३. टेबल टेनिस (टिम इभेन्ट, महिला)
१४. कराते (टिम फाइट, महिला)
१५. खो खो (पुरुष टोली)
……… ……… …..
बुधबार, १८ मंसिर २०७६ मा प्रकाशित
Leave a Reply