रवीन्द्र मिश्रले गराए काठमाडौं १ बाट उम्मेदवारी दर्ता

 संवाददाता । काठमाडौं, १६ कात्तिक ।

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

आफ्नो उम्मेदवारी दर्ता गराएपछि उनले आफ्नो जित्ने आधार जनता भएको प्रतिक्रिया दिए । उनले तराजुमा भोट हालेर जनताले जिताउने विश्वास समेत व्यक्त गरे ।

मिश्रको प्रमुख प्रतिस्पर्धा उनले उम्मेदवारी दिएको क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह र वाम गठबन्धनका अनिल शर्मा चुनावी मैदानमा छन् । उनीहरू दुवैजनालाई हेभिवेट प्रतिद्वन्दी मानिएको छ ।

नेपाली कांग्रेसबाट काठमाडौंमा  प्रतिनिधिसभा तर्फ क्षेत्रनम्बर १ मा प्रकाशमान सिंह, २ मा दिपक कुइँकेल, ३ अम्बिका बस्नेत, ४ मा गगनकुमार थापा, ५ डा. प्रकाशशरण महत उम्मेदवार छन् । यसैगरी ६ मा भिमसेन दास प्रधान, ८ मा नविन्द्रराज जोशी, ९ मा ध्यान गोविन्द रञ्जित र १० मा राजनकुमार केसीले पनि प्रतिनिधिसभा तर्फ उम्मेदवारको टिकट पाएका छन् ।

वाम गठबन्धनबाट १ अनिल शर्मा (माओवादी केन्द्र), २ माधव नेपाल (एमाले), ३ कृष्ण राई (एमाले), ४ डा. राजन भट्टराई (एमाले), ५ ईश्वर पोखरेल (एमाले), ६ झक्कु सुवेदी (माओवादी), ७ रामवीर मानन्धर (एमाले), ८ उमेश स्थापित (माओवादी), ९ कृष्णगोपाल श्रेष्ठ (एमाले) र १० हितमान शाक्य (माओवादी) उम्मेदवार छन्  ।

 

बिहीबार, कात्तिक १६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*