शिक्षामा ढाडै सेक्ने गरी आचाक्ली शुल्क वृद्धि

काठमाडौं, १८ साउन ।

गत आर्थिक वर्षमा वर्षिक मूल्य वृद्धि दर औसत ५ प्रतिशत मुनि रहे पनि शिक्षा क्षेत्रमा सर्वसाधारणले यसअघि भन्दा साढे १० प्रतिशत रकम खर्चिनुपरेको छ। यो प्रवृत्ति नयाँ भने होइन। विगतमा पनि शिक्षा क्षेत्रको महँगी उच्च दरले बढ्दै आएको देखिन्छ।

स्कुल तथा कलेज सञ्चालकहरूले मनपरी ढंगले शुल्क बढाउँदै जाने तर सरकारले भने प्रभावकारी रूपमा नियमन तथा अनुगमन र दोषीलाई कारवाही गर्न नसकेकाले यस्तो प्रवृत्ति मौलाउँदै गएको जानकारहरू बताउँछन्।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा वार्षिक उपभोक्ता मूल्य वृद्धिदर करिब ५ प्रतिशत भन्दा कम रहेको देखिन्छ । यो करिब एक दशक यताकै न्यून हो। तर शिक्षाको मूल्य भने औसतबजार मूल्यभन्दा दोब्बर बढेको छ। –यज्ञ बञ्जाडे/कान्तिपुर
     

बुधबार, साउन १८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*