संसारभर नै स्विफ्ट ह्याकमार्फत चोरी

 काठमाडौं, १८ कात्तिक ।

स्विफ्ट ह्याक गरी बंगलादेशको केन्द्रीय बैंकबाट २०१६ को फेब्रुअरी ४ मा एकै रातमा एक सय एक मिलियन डलर चोरी भएपछि बैंकिङ क्षेत्रमा संसारभरि त्रास फैलियो।

११ हजारभन्दा बढी बैंक सदस्य रहेको स्विफ्ट (सोसाइटी फर वल्र्ड वाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन) ह्याक गरी केही घण्टामै त्यति रकम चोरेका थिए। चोरिएको मध्ये ३५ मिलियन डलर पाउन बैंक सफल भयो, बाँकी रकम गुमायो।

फिर्ता भएकोमध्ये २० मिलियन डलर ह्याकरले झिक्नुअघि नै रोक्का गरिएको थियो। क्यासिनोको नाममा झिकिएको १५ मिलियन डलर फिर्ता गराइएको थियो।

बंगलादेशको ह्याकिङपछि स्विफ्ट सुरक्षा सतर्कता बढाएको भनिए पनि त्यसयता अरु चार बैंकको स्विफ्ट ह्याक भइसकेको छ। अहिलेसम्म पहिचान नखुलेका ह्याकरले बंगलादेश सेन्ट्रल बैंकको रकम चोर्न बैंककै कर्मचारीले प्रयोग गर्ने कोड ह्याक गरेका थिए।

उक्त कोडमार्फत ह्याकरले न्युयोर्कमा रहेको फेडरल रिजर्भ बैंकमा दर्जनौं पटक पैसा ट्रान्सफरको अनुरोध गरेका थिए। फेडरल रिजर्भ बैंकमा रहेको बंगलादेश सेन्ट्रल बैंकको रकम फिलिपिन्स र श्रीलंकामा रहेका खातामा पठाउन लगाएका थिए।

ह्याकरले ८१ मिलियन डलर फिलिपिन्सको रिजल कमर्सियल बैंकिङ कर्पोरेसनमा फरक(फरक चार खातामा ट्रान्सफर गरी हात पार्न सफल भएका थिए। – अन्नपुर्ण पोस्ट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*