समानुपातिकका लागि दर्ता भएका ४९ दलमध्ये कसले कति मत पाए ?

संवाददाता । काठमाडौं, ४ पुस ।

समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन आयोगमा दर्ता भएका ४९ वटा राजनीतिक दलमध्ये कतिपय दलले १५ सय मत समेत नकटाएको निर्वाचन आयोगले जनाएको छ । यसरी हजार मत पनि नकटाउने दलहरुमा २० भन्दा बढी रहेको बताइएको छ ।

सबैभन्दा धेरै मत (३१७३४९४) ल्याएर पहिलो दल बनेको एमालेले जम्मा प्रतिशतका आधारमा ३३ दशमलव २५ प्रतिशत मत ल्याउँदा कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत ल्याएको छ । कांग्रेसले ल्याएको मत प्रतिशतमा ढाल्दा ३२ दशमलव ७८ प्रतिशत हुन्छ ।

त्यसैगरी माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत छ । उसको प्रतिशतमा परिवर्तन गर्दा १३ दशमलव ६६ प्रतिशत हुन आउँछ । त्यसैगरी राजपा नेपालको ४ लाख ७२ हजार २५४ छ, उसले जम्मा मतको ४ दशमलव ९५ प्रतिशत हुन्छ ।

त्यसैगरी संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत ल्याएको छ । यो पार्टीले ल्याएको मत प्रतिशतमा लैजाँदा ४दशमलव ९३ प्रतिशत हुन्छ ।

त्यस्तै विवेकशील पार्टीले २१२३६६ मत ल्याएर २ दशमलव २२ प्रतिशत मत पाएको छ भने राप्रपाले १९२७८६ मत ल्याएर २ दशमलव ०६ प्रतिशत मत ल्याएको छ । राप्रपा प्रजातान्त्रिकले ८८३७७मत ल्याएर ० दशमलव ९३ प्रतिशतमा चित्त बुझाउन बाध्य भएको छ । त्यसैगरी नयाँ शक्तिले ८१८३७ ल्याएर ० दशमलव ८६ प्रतिशत मत पाएको छ । यसैगरी राष्ट्रिय जनमोर्चा ६२१३३ ल्याएर ० दशमलव ६५ प्रतिशत मत ल्याएको छ ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीले ५६१४१ मत ल्याएर ० दशमलव ५९ प्रतिशत मत पाएको छ । त्यस्तै नेकपा मालेले ४१२७० मत ल्याएर ० दशमलव ४३ प्रतिशत मत पाएको छ ।

त्यसैगरी नेपाल संघीय समाजवादी पार्टीले ३६०१५ ल्याएर ० दशमलव ३८ प्रतिशत मत ल्याएको छ । उता, राष्ट्रिय जनमुक्ति पार्टी ३३०९१ ल्याएर ० दशमलव ३५ प्रतिशत, एकीकृत राष्ट्रिय प्रजातान्त्र राष्ट्रबादीले २८८३५ ल्याएर ० दशमलव २३ मत पाएको छ ।

यसैगरी नेपाली जनता दल २२०४९ ल्याएर ० दशमलव २३, संघीय लोकतान्त्रिक पार्टी २१६१० ल्याएर ० दशमलव २३, बहुजन शक्तिपार्टी १५४६८ मत ल्याएर ० दशमलव १६ प्रतिशत, मंगोल नेश्नल अर्गनाइजेशन १५११७ ल्याएर ० दशमलव १६ प्रतिशत मत ल्याएको छ ।

त्यस्तै देशभक्त जनगणतान्त्रिक मञ्चले १३९४२ मत ल्याएर ० दशमलव १५ प्रतिशत मत पाएको छ । उता, नेपाल जनतापाटी ९३१० ल्याएर ० दशमलव १ प्रतिशत र आमुल परिवर्तन मसि पार्टीले ५१६१ मत ल्याएर ० दशमलव ०५ प्रतिशत मत पाएको छ । यसैगरी राष्ट्रिय मुक्ति आन्दोलनले ४२७५ ल्याएर ० दशमलव ०४ प्रतिशत मत पाएको छ ।

यसैगरी नेपा राष्ट्रिय पार्टी ३४६० ल्याएर ० दशमलव ०४ प्रतिशत,नेपाल लोकतान्त्रिक जनता पार्टी २३८९ ल्याएर ० दशमलव ०३ प्रतिशत, चुरेभावर लोकतान्त्रिकले २१७० मत ल्याएर ० दशमलव ०२ प्रतिशत मत पाएको छ । यस्तै ग्रीन पार्टी नेपालले १६८५ ल्याएर ० दशमलव ०२ प्रतिशत मत पाएका छन् ।

यी बाहेक अन्य दलले भने एक हजार ५ सय भन्दा कम मत पाएका छन् । एकहजार ५ सय भन्दा कम मत ल्याउने पार्टीमा ऐतिहासिक प्रजातान्त्रिक पार्टी, जनप्रजातान्त्रिक पार्टी, जनसमाजवादी पार्टी, तामसालिङ लोकतान्त्रिक पार्टी,दलित मुस्लिम जनशक्ति पार्टी र देशभक्त लोकतान्त्रिक पार्टी लगायत छन् ।

कुन दललाई कति सिट ?

प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड छ । कुल सदर मतको ३ प्रतिशत अर्थात २ दाख ८६ हजार ३४२ मत नपाएका दलहरुले समानुपातिक सिट पाउने छैनन् । निर्वाचन आयोगका अनुसार कुल मतमध्ये ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ ।

यदि यही मतलाई अन्तिम अन्तिम रुप दिइयो भने समानुपातिकमा पाँच दलले मात्र सिट पाउनेछन् । एमालेले ४१ सिट पाउँदा कांग्रेसले ४० सिट पाउनेछ ।

माओवादी केन्द्रले १७ सिट पाउने देखिन्छ भने राजपा र फोरमले समान ६/६ सिट पाउनेछन् ।

नयाँ दल विवेकशील साझा समानुपातिकतर्फ छैटौं स्थानमा रहे पनि थ्रेस होल्ड पार गर्न सकेन । दोस्रो संविधानसभामा समानुपातिकतर्फ २४ सिट पाएको राप्रपा (तत्कालीन राप्रपा नेपाल) पनि थ्रेस होल्ड पार गर्न असफल रहृयो ।

पशुपति शम्शेर राणाको राप्रपा प्रजातान्त्रिक, डा. बाबुराम भट्टराईको नयाँ शक्ति र चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा र नारायणमान विजुक्छे नेतृत्वको नेमकिपा पनि थ्रेस होल्डका कारण समानुपातिकमा सिट पाउन असफल रहे ।

मंगलबार, पुस ४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*