सात मतदान केन्द्रको जिम्मा महिलालाई

भोजपुर, ९ मंसिर ।

आइतबार हुने निर्वाचनका लागि जिल्लाका सात मतदान केन्द्रको जिम्मेवारी महिलालाई दिइएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतदान अधिकृतमा सात महिला नियुक्त गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा एक लाख १३ हजार ७४५ मतदाता छन् ।

सतासी मतदानस्थल र १४८ मतदान केन्द्र रहेको भोजपुरमा रामप्रसाद राई गाउँपालिकाको बेहेरेश्वर केन्द्रमा सीता राई र भुल्के केन्द्रमा यमकुमारी राई, हतुवागढी गापाको शान्ति निकेतन केन्द्रमा गीता ढकाल, साल्पासिलिछो गापाको सालेवा केन्द्रमा रोजु भुजेल तथा षडानन्द नपाको केन्द्रमा क्रमशः पुष्पलता उप्रेती, सरस्वती पौडेल र मीना खत्रीलाई जिम्मेवारी दिइएको सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले बताउ ।

रुकुमका ३ वटा मतदान स्थल महिलाको कमान्डमा
रुकुम पश्चिमका १११ मतदान केन्द्र मध्ये ३ मतदान केन्द्रमा महिला मात्र खटिएका छन् । सुरक्षाकर्मी देखी कर्मचारी सम्म महिला मात्र खटिएका हुन् ।

मुसिकोट नगरपालिका भित्रका सरस्वति मावि सल्ले, शिव आधारभुत बिद्यालय पिपलनेटा र यमुना नन्द नमुना मावि सेरीगाँउमा निर्बाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी महिला मात्र रहेका छन् । मुख्य निबार्चन अधिकृतको कार्यालयले प्रदेश सभा क्षेत्र नं १ का लागी कर्मचारी मतदान अधिकृत देखी कार्यालय सहयोगी सम्म महिला खटाएको हो ।

यस्तै ती मतदान केन्द्रमा प्रहरी देखी म्यादी सम्म महिला मात्र रहेका छन् । सरस्वती मावि सल्लेको क मतदान केन्द्रमा अनिता दण्डख्या मतदान अधिकृत छिन भने शिव आधारभुत प्राविको मतदान अधिकृतमा ह्रदयकली पौडेल छिन् यस्तै यमुनानन्द माविको ख मतदान केन्द्रमा दिक्षा पोख्रेल मतदान अधिकृत छिन् । ३ वटै मतदान केन्द्रमा ८–८ जना कर्मचारी खटिएका छन् । सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले महिलाले पनि जिम्मेवारी बहन गर्न सक्छन् भन्ने बिश्वासका साथ खटाएको बताए । रासस

शनिबार, मंसिर ९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*