सिंगो गाउँमा १७ भोट !

ताप्लेजुङ सदरमुकामबाट तीन दिन हिँडेर मात्र पुग्न सकिने फक्तालुङ गाउँपालिका ७ को याङ्मा गाउँ । तस्विर : आनन्द (कान्तिपुर)

काठमाडौं, १३ असार । ताप्लेजुङ निर्वाचन आयोगको तथ्यांक अनुसार फक्तालुङ गाउँपालिका ७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ ।

बुधबार हुने स्थानीय चुनावमा भने यहाँ १७ मत मात्रै खस्ने छन् भन्ने समाचार आजको कान्तिपुर दैनिकमा छ ।

वडाका उम्मेदवारहरुका अनुसार कसैको नामावलीमा नाम भएकामध्ये कसैको मृत्यु भइसकेको छ भने, कोही विदेशमा छन् । काठमाडौंमा भएका कतिपय नआउने निश्चित भइसकेको छ ।

यो गाउँ पुग्न ताप्लेजुङ सदरमुकामबाट तीन दिन हिँड्नुपर्ने बाध्यता छ ।

    असार १३, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*