सिंहदरबार जोगाउन प्लाष्टिक

काठमाडौं, ७ असार । भूकम्पको दुई वर्षपछि सिंहदरबारको मुख्य भवनको पश्चिमतर्फको मोहडा जोगाउन सिल्पोलिङ सिट (विशेषखाले प्लाष्टिक) ले छोप्ने कार्य सुरु गरिएको छ ।

क्षति पुगेको मोहडालाई तत्काल बाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुननिर्माण प्राधिकरणले सिल्पोलिङ सिटबाट छोप्ने कार्य सुरु गरेको  खबर आजको कारोबार दैनिकमा छ ।

एक सयभन्दा पुरानो सिंहदरबारलाई भत्काउने कि यसलाई रेट्रोफिटिङ (प्रबलीकरण) गर्नेबारे विवाद भएकोमा पुरातात्विक सम्पदालाई जोगाउनुपर्ने भन्दै प्रमधिकरणले रेट्रोफिटिङ गर्ने निर्णय गरेको थियो ।

     असार ७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*