हृदयघातबाट प्रचण्ड–पुत्र प्रकाश दाहालको निधन

काठमाडौं, ३ मंसिर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको आज विहान निधन भएको छ । गम्भिर अवस्थामा अस्पताल भर्ना भएकोमा आज उनको निधन भएको हो ।

आज विहान ५ बजेर ३८ मिनेट जाँदा उनलाई हृदयघात भएपछि उनलाई बिहान ६ बजे नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको थियो। अस्पताल व्यवस्थापनले यस विषयमा कसैलाई पनि केहि जानकारी नदिए पनि उनको निधन भइसकेको विशेष स्रोतले जानकारी दिएको छ । उपचारमा संलग्न डाक्टरहरुका अनुसार हृदयघातबाट उनको निधन भएको भनिए पनि घटनाको आधिकारिक कारण अहिले सम्म प्राप्त हुन सकेको छैन ।

यसैबीच, नेपाललाइभका अनुसार, आइतबार बिहान अचेत अवस्थामा भेटिएका प्रकाशको अस्पताल लैजाँदा मृत्यु भएको माओवादी केन्द्रकी नेता तथा पूर्व सभामुख ओनसरी घर्तीले जानकारी दिएकी छिन्। उनले भनिन्, ‘बिहान अचेत भेटिएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले बाटोमै मृत्यु भइसकेको जानकारी दिएका छन्।’

छोरा बिरामी परेपछि झापाको विर्तामोडमा रहेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कंदै छन्। हेलिकप्टर आउन ढिलाई भएकाले केही समय लाग्ने पारिवारिक स्रोतले बताएको छ।

यस्तै  चितवनबाट दिदी रेणु र परिवारका अन्य सदस्यहरु, पत्नी बिना मगर पनि कञ्चनपुरबाट अहिले नै काठमाडौं आउँदैछन्। बिना मगर कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतितिनिधिसभा सदस्यकी उम्मेदवार हुन् ।

पूर्वप्रधानमन्त्री  दाहालका एक मात्र छोरा  उनी पिताको सचिवालयमा काम गर्दै अाएका थिए।

प्रकाशका दुई श्रीमती र दुई छोरा छन्।।

आइतबार, मंसिर ३, २०७४ मा  बिहान ८ :३५ बजे प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*