१३ हजार ५५६ पदका लागि मनोनयन दर्ता

काठमाडौं । आगामी वैशाख ३१ गते हुने पहिलो चरण स्थानीय तहको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता मंगलबार बिहान १० बजे सुरु भएर साँझ ५ बजे सकिएको छ

प्रमुख राजनीति दलसहितका दल र स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता गरेको हो ।

संविधान सभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा यो स्थानीय तह निर्वाचन हुन लागेको हो ।

प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको २८३ स्थानीय तहका लागि हुने निर्वाचनमा कुल ४९ लाख ५६ हजार ९२५ मतदाता रहेका छन् । निर्वाचन प्रयोजनका लागि ६६४२ मतदान केन्द्रमा मतदान हुनेछ ।

यो चुनावमा १३ हजार ५५६ पदका लागि चुनाव हुनेछ ।

यसअनुसार चार वटा महानगरपालिका, एक उपमहानगरपालिका, ९२ वटा नगरपालिकाका मेयर, उपमेयर तथा १८६ वटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता भएका छन् ।
महानगरका १२३, उपमहानगरका १९, नगरपालिकाका १०९१ र गाउँपालिकाका १३६५ गरी जम्मा २५९८ वडाध्यक्षका लागि मनोनयन भएका छन् ।

साथै कुल २५९८ वडाका लागि चार सदस्यका दरल १०,३९२ वडा सदस्य पदका लागि मनोनयन भएको छ ।

२५९८ वडा सदस्यमा महिला, २५९८ दलित महिला गरी ५१९६ वडा सदस्य पदका लागि महिलाको उम्मेदवारी भएको छ ।

राजनीतिक दलले उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानलाई उत्साहपूर्वक लिएका छन् ।

वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । महिला, दलित, अल्पङ्ख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था छ ।

स्थानीय तह पहिलो चरणको निर्वाचन–२०७४
(प्रदेश नम्बर ३, ४ र ६)
तह – २८३
पद – १३, ५५६
मतदान केन्द्र – ६६४२
मतदाता – ४९,५६,९२७

प्रमुख÷उपप्रमुख–

४ महानगरपालिका – ८ पद
१ उपमहानगरपालिका – २ पद
९२ नगरपालिका – १८४ पद
१८६ गाउँपालिका – ३७२ पद
वडा अध्यक्ष – २५९८ पद
वडा सदस्य – १०,३९२ पद

२०७४ वैशाख २० गते प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*